नियम १०७
बोलपत्रको सुरक्षा
(१) स्थानीय निकायले यस नियमावली बमोजिम प्राप्त भएको
बोलपत्र वा परामर्श सेवाको प्रस्ताव सो खोल्ने समय अघि कसैले खोल्न नपाउने गरी
सुरक्षित तवरले राख्नु पर्नेछ ।
(२) स्थानीय निकायले बोलपत्रको साथ पेश भएको नमूनाको विशेषता बोलपत्र
खोल्नु अघि सार्वजनिक नहुने गरी गोप्य र सुरक्षित तरिकाले राख्नु पर्नेछ ।